Shopping cart

  • Home
  • राजनिती
  • आज दिउँसो नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन सम्बन्धी समसामयिक विषयमा पत्रकार भेटघाट हुँदै
देश

आज दिउँसो नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन सम्बन्धी समसामयिक विषयमा पत्रकार भेटघाट हुँदै

Email :27

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन सम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। समसामयिक राजनीतिक अवस्था र निर्वाचनसँग जोडिएका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।

यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीको रणनीति र पछिल्लो राजनीतिक अवस्थाको बारेमा जानकारी दिने उदेश्य रहेको बताईएको छ ।

कार्यक्रम २०८२ साल फाल्गुन १४ गते दिउँसो ३स्०० बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा हुने तय गरिएको छ। पार्टीले देशभरका सञ्चारमाध्यमलाई कार्यक्रमको समाचार संकलन तथा रिपोर्टिङका लागि सञ्चारकर्मी खटाइदिन अनुरोध गरेको छ।
देशभरी चुनावी सरगर्मी बढिरहेका समयमा स‌योजक दाहालले सार्वजनिक गर्ने धारणालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको हो।

Comments are closed

Related Post