Shopping cart

  • Home
  • स्वास्थ्य
  • असोज ९ देखि ११ गतेसम्म सावधानी अपनाउनु- प्रधानमन्त्री
देश

असोज ९ देखि ११ गतेसम्म सावधानी अपनाउनु- प्रधानमन्त्री

Email :39

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गरी प्रधानमन्त्री शाहले तीन दिनसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने चेतावनी दिएका छन्।

विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन उनले आग्रह गरेका छन्। प्रधानमन्त्री हाल राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क गएका छन्।

Comments are closed

Related Post