Email :81
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
उहाँले फेसबुकमार्फत यो समवेदना सार्वजनिक गर्नुभएको हो। नेपालले भन्नुभएको छ “नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ बर्षको उमेरमा निधन भएको खबर सुन्दा अत्यन्तै दुःख लाग्यो ।”
उहाँले थप्नुभयो, “बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी सहित पितृवियोगमा पर्नुभएका कमरेड के.पी. ओली सहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”













Comments are closed