Shopping cart

  • Home
  • राजनिती
  • अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेला सम्पन्न
देश

अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेला सम्पन्न

Email :9

काठमाडौँ । अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेला सम्पन्न भएको छ ।
भेलाको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका सहसमयोज माधवकुमार नेपालले गर्नु भएको थियो । भेलामा नेता नेपालले महिला आन्दोलनको चर्चा गर्दै आउने दिनमा अझै धेरै गर्नुपर्ने बताए । उनलेभने, `अनेमसघले महिला विरुद्ध हुने हिसाको विरुद्ध संगठित हुनपर्छ ।´

भेलामा जनसंगठन बिभाग प्रमुख राजेन्द्र पाण्डे, महिला संगठन इन्चार्ज जयन्ती राई, नेता वर्षमान पुन, जयपुरी घर्ती, गोपाल किताती लगायत नेताले शुभकामना दिएका छन ।
शुभकामना दिने नेताले महिला आन्दोलनको गरिमा बारे चर्चा गर्दै आउने दिनमा महिला आन्दोलनको अगुवाको रुपमा अगाडि बढन शुभकामना दिएका छ ।
भेलाले ५८५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । पार्टी एकता पछि भएको भेलाले एकता प्रक्रियामा जोडिएका महिला संगठनको एकता गरि कमिटी घोषणा गरिएको संयोजक दामा शर्माले बताइन ।

बैठक पछि बसेको बैठकले मुनु सिग्देल, कमला बिक र सावित्री पोखरेललाई उपसंयोजक  तोकेको छ भने सबै संगठनका पदाधिकारीलाई सचिवालय सदस्य बनाएको छ ।
भेलाले संगठनको बिधान राजनैतिक प्रतिवेदनका साथै विभिन्न प्रस्ताव पास गरेको छ ।

Comments are closed

Related Post