Shopping cart

  • Home
  • समाज
  • विपद्मा नेपाली मन : तारेकेश्वरका दिदीबहिनीले भोटेकोशी बाढीपीडितका लागि दिए १ लाख ५५ हजार ५ सय
अर्थ

विपद्मा नेपाली मन : तारेकेश्वरका दिदीबहिनीले भोटेकोशी बाढीपीडितका लागि दिए १ लाख ५५ हजार ५ सय

Email :152

काठमाडौं । विपद्का बेला सहयोगको हात बढाउनु नै मानवीयताको सबैभन्दा ठूलो परिचय हो। रसुवा र सिन्धुपाल्चोक क्षेत्रमा भोटेकोशीको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला काठमाडौं तारेकेश्वर निवासी दिदीबहिनी क्रान्ति गुरुङ र बिपसा गुरुङले १ लाख ५५ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

विदेशमा रहे पनि मातृभूमि र आफ्ना नागरिकप्रतिको माया र जिम्मेवारीलाई आत्मसात् गर्दै उनीहरूले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेका हुन्। उनीहरूले विपद्को यो कठिन घडीमा आफ्नो क्षमताअनुसार सहयोग गर्न सबै नेपालीलाई आह्वानसमेत गरेका छन्।

दिदीबहिनी गुरुङले सामाजिक सञ्जालमार्फत ‘सानो सहयोगले पनि विपद्मा परेकाहरूको जीवनमा ठूलो आशा र भरोसा जगाउन सक्छ’ भन्दै विदेशमा रहेका नेपालीहरूलाई समेत आ-आफ्नो ठाउँबाट सहयोगको हात बढाउन आग्रह गरेका छन्।

उनीहरूको सहयोगले विपद्मा परेका नागरिकका लागि राहत मात्र होइन, संकटका बेला नेपालीहरूबीचको एकता, सद्भाव र मानवीय संवेदनाको बलियो सन्देश पनि दिएको छ।

भौगोलिक दूरीले मानिसलाई टाढा बनाए पनि मातृभूमिप्रतिको माया र पीडामा परेको आफ्नै नागरिकप्रतिको संवेदना दूरीभन्दा माथि हुन्छ भन्ने उदाहरण बनेका छन् क्रान्ति र बिपसा।

विपद्ले घर-बस्ती बगाए पनि नेपाली मनको माया र सहयोगको भावना बगाउन सक्दैन।

Comments are closed

Related Post