Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा महाधिवेशन उद्घाटन अघि सेना र पुलिसको बम स्क्वाडद्धारा चेकजाँच
देश

रास्वपा महाधिवेशन उद्घाटन अघि सेना र पुलिसको बम स्क्वाडद्धारा चेकजाँच

Email :92

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको उद्घाटन स्थलमा चेकजाँच गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहदेखि सरकारका मन्त्रीहरूसम्म उपस्थित भएको महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट सर्च गरिएको हो । सेना र पुलिसको बम स्क्वाडबाट सर्च गरिएको छ ।

सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले विशेष तालिमप्राप्त कुकुर तथा आधुनिक उपकरणहरूको प्रयोग गरी महाधिवेशनस्थल, मञ्च र वरपरको क्षेत्रलाई पूर्ण रूपमा स्क्यान गरेर सुरक्षित बनाएको सुरक्षा स्रोतले जनाएको छ।

रास्वपाको यस ऐतिहासिक महाधिवेशनमा देशभरबाट प्रतिनिधि, शुभचिन्तक र विशिष्ट अतिथिहरूको ठूलो उपस्थिति रहने भएकाले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिएको प्रहरी प्रशासनले उल्लेख गरेको छ। महाधिवेशनस्थल प्रवेश गर्ने मुख्य नाका तथा गेटहरूमा समेत सुरक्षाकर्मीहरूले कडा जाँचबुझ गरिरहेका छन्।

Comments are closed

Related Post