Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन
देश

रास्वपा बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

Email :39

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको  बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा  पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई सदस्य मनोनित गरेको जानकारी दिनुभयो । सो समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ ।

Comments are closed

Related Post