Shopping cart

  • Home
  • समाज
  • मानव अधिकार संरक्षण मञ्चको अनौपचारिक बैठक सम्पन्न: संविधान कार्यान्वयन र आगामी कार्यक्रमबारे महत्त्वपूर्ण निर्णय
अन्तर्राष्ट्रिय

मानव अधिकार संरक्षण मञ्चको अनौपचारिक बैठक सम्पन्न: संविधान कार्यान्वयन र आगामी कार्यक्रमबारे महत्त्वपूर्ण निर्णय

Email :32

काठमाडौं । मानव अधिकार संरक्षण, सम्बर्द्धन र परिपालनको क्षेत्रमा कृयाशिल अग्रणी संस्था ‘मानव अधिकार संरक्षण मञ्च (मासम) नेपाल’ को केन्द्रीय कार्यसमितिका काठमाडौंमा रहेका वर्तमान तथा पूर्व पदाधिकारी एवं सदस्यहरूको अनौपचारिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गत साउन ५ गते बसेको पाँचौँ पूर्ण बैठकका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित उक्त छलफलले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

मासम नेपालका महासचिब डा. श्रीकान्त खतिवडाद्वारा जारी विज्ञप्ति अनुसार बैठकले गरेका प्रमुख निर्णय तथा आगामी कार्यक्रमहरू यसप्रकार रहेका छन्:-

  • समीक्षा गोष्ठी र धन्यवाद ज्ञापन: संस्थाको ४३औँ स्थापना दिवसको सन्दर्भमा “संविधान कार्यान्वयनको दश वर्ष: अवसर र चुनौतिहरू” विषयक अवधारणा पत्र सहित पोखरा, भरतपुर, टिकापुर र जनकपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोमा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरिएको छ। साथै, काठमाडौंमा समीक्षा गोष्ठी आयोजना गर्न आवश्यक तयारी र सम्बन्धित संस्थाका पदाधिकारीहरूसँग समन्वयको जिम्मा अध्यक्ष र महासचिबलाई दिइएको छ।

  • आगामी असोज १० गते विशेष कार्यक्रम: मानव अधिकार मैत्री संविधान कार्यान्वयनको सन्दर्भमा मासम नेपाल, टंकप्रसाद आचार्य प्रतिष्ठान र इन्सेक नेपालको सहकार्यमा आगामी असोज १० गते शनिबार कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा काठमाडौं उपत्यकाभित्रका सबै सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि र अन्य प्रदेशका सदस्यहरूलाई यातायातको अवस्था अनुकूल हेરી उपस्थित हुन अनुरोध गर्ने निर्णय भएको छ।

  • राष्ट्रिय सम्मेलनको तयारी: मासमको नौं राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १० तारिखका दिन चितवनको नारायणगढमा आयोजना गर्नका लागि आवश्यक तयारी तीव्र पारिएको छ। केन्द्रीय सदस्य डा. यामबहादुर वि.क. को संयोजन र चितवन जिल्ला कार्यसमितिको सहयोगमा स्थानीय आयोजक समिति गठन गरी कार्य अगाडि बढाइनेछ।

  • विविध कार्यक्रम तथा अभिमत संकलन: बाँकी रहेका प्रदेशहरूमा समेत सम्भव भएसम्म संविधान कार्यान्वयनका सन्दर्भमा भेटघाट, छलफल तथा अन्तरक्रियात्मक गोष्ठीहरू आयोजना गरी सम्बन्धित प्रदेशका नागरिकहरूको अभिमत आगामी आश्विन ५ गतेभित्र मासम सचिवालयमा पठाईसक्न अनुरोध गरिएको छ।

Comments are closed

Related Post