Shopping cart

देश

भोटेकोशी विपद्मा नागरिकको साथमा नेपाल प्रहरी

Email :66

काठमाडौँ । भोटेकोशी बाढीपछि उद्धार, खोजी, शव व्यवस्थापन, राहत तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीले सम्पूर्ण संयन्त्र परिचालन गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालित छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै बेपत्ता छन्।
सम्पर्कविहीन आफन्तको खोजीका लागि प्रहरी प्रधान कार्यालयमा २४ घण्टे ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ सञ्चालनमा छ। हालसम्म केन्द्रमा १ हजार ३५१ खोजी अनुरोध प्राप्त भएका छन्। खोजीमा तालिमप्राप्त कुकुर र ड्रोन प्रविधिसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
पहिचान नखुलेका शव तथा मानव अङ्गको व्यवस्थापन फोरेन्सिक विशेषज्ञको सहयोगमा भइरहेको छ भने सम्भावित पहिचानका लागि नेपाल प्रहरी अस्पतालमा डीएनए प्रोफाइलिङ जारी छ।
विपद्को मौका छोपी हुनसक्ने चोरी, लुटपाट, ठगी तथा सामाजिक सञ्जालमा फैलिने अफवाह नियन्त्रणमा समेत प्रहरीको निगरानी बढाइएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, सरसफाइ, राहत सहजीकरण र महिला तथा बालबालिकाको सुरक्षामा पनि प्रहरी सक्रिय छ।
बाढीमा नागरिकको उद्धारमा खटिएका २५ प्रहरी अझै सम्पर्कविहीन छन्। ठूलो मानवीय र भौतिक क्षतिका बीच पनि नेपाल प्रहरीले ‘नागरिकको दुःखमा प्रहरी’ भन्ने भावनाका साथ खोज, उद्धार र पुनःस्थापनामा निरन्तर खटिरहेको जनाएको छ।

Comments are closed

Related Post