Email :46
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतालाई शुभकामना दिएका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत नेपाल र भारतबीच गहिरो सभ्यतागत सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशबीच सुशासन, लोकतान्त्रिक सुदृढीकरण र आर्थिक समृद्धिका साझा आकांक्षा रहेको बताएका छन्।
उनले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्। आपसी सम्बन्धले पारस्परिक विकास, नवप्रवर्तन र क्षेत्रीय स्थायित्वमा योगदान पुर्याउने उनको भनाइ छ।














Comments are closed