Shopping cart

  • Home
  • समाज
  • पाँचथरको कुम्मायकमा डेढ महिना ट्रक र ट्र्याक्टर चलाउन नपाइने
अर्थ

पाँचथरको कुम्मायकमा डेढ महिना ट्रक र ट्र्याक्टर चलाउन नपाइने

Email :83

पाँचथर । बर्षायाममा सडकमा हुने क्षतिको जोखिमलाई मध्यनजर गर्दै कुम्मायक गाउँपालिकाले पालिका भित्रका भित्रि सडकहरुमा  हेभी सवारीसाधनमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साउन ६ गते सम्पन्न कार्यपालिकाको बैठकले ट्रक, ट्र्याक्टर, जस्ता सवारीसाधनको सञ्चालन रोक्न निर्देशन दिएको हो।

गाउँपालिकाको निर्णय अनुसार साउन १५ देखि  भाद्र  ३१ गते सम्म पालिका भित्रका भित्रि सडकहरुमा  अत्यावश्यक तथा सामाजिक कार्यबाहेक अन्य कुनैपनि हेभी सवारी सञ्चालन  राेक लगाएकाे कुम्मायक गाउँपालिकाले  जनाएकाे छ । यो कदम सडक संरचना जोगाउने बताइएको छ।

निर्णय कार्यान्वयनमा सहजीकरण गर्न यासोक इलाका प्रहरी कार्यालय, माङजाबुङ प्रहरी चौकी तथा भुल्के अस्थायी प्रहरी चौकीलाई  सहजिकरण गर्न अनुराेध गरिएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर खनालद्वारा जारी सूचनामा  स्थानीय सडकको दीर्घकालीन संरक्षण र सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले याे सूचना गरिएकाे बताइएकाे छ ।  यस अघि फाल्गुनन्द गाउँपालिकाले पनि सूचना नारी गर्दै  पालिका भित्रका भित्रि सडकहरुमा ट्रक, ट्र्याक्टर, जस्ता सवारीसाधनको सञ्चालन रोक्न निर्देशन दिएको थियाे ।

Comments are closed

Related Post