लोकनाथ धमाला
अहिले नेपालमा एमाले र अन्य कम्युनिस्ट शक्तिहरूबीच एकता वा सहकार्यको आवश्यकता मुख्यत: भूराजनितिक सन्तुलन र आन्तरिक राजनीतिक अस्तित्वसँग जोडिएको छ। नयाँ दलहरूको उदय (जस्तै राष्ट्रीय स्वतन्त्र पार्टी) र भ्रष्टाचारविरुद्धको जनदबाबले पुराना कम्युनिस्ट दलहरूलाई पुनः एकताबद्ध हुन दबाब दिएको छ। नेपाली कम्युनिस्ट पार्टी र एमाले बिच त अत्यान्त जटिल अबस्था देखिन्छ।
लामो समय नेतृत्व शक्तिको चरम सदुपयोगमा लागेर जनताका आंखामा नेतृत्व परिवर्तन गरिर्नुपर्नेहरू र युवा पिंढि उकासिनु पर्नेहरू विचको शक्ति संघर्षले पार्टिको अवस्था दयनिय पुगेको देखिन्छ। एकातिर नेताहरूको बुढ्यौली परिपक्वतालाई उचित निकास दिनुपर्ने र अर्कातिर युवाबर्गको अर्जूनको तिररुपि निशानी कार्यलाई मध्यनजर गरेर जेष्ठ नागरिक सम्मान समारोह आयोजना गरेर सल्लाहकार बिभागको बिस्तार गर्नै पर्ने देखिन्छ।
हालको बृद्द कुदिबियालो रामदेवको योगा समान आफ्नै स्वास्थ्य फाईदा बाहेक केहि देखिदैन। जिम्मेवार युवा नेताहरु पार्टी कार्यालयमा घाम तापेर दिन कटनी मानो पचनीमा हुने र बृद्द बालकहरू आफ्ना खेलौनारुपी नन्दीहरू साथमा लिएर कुदिबियालो गरेर संगठित जनशक्ति नियोजन हुनु बाहेक कुनै उपलव्धी देखिदैन।
वर्तमान राजनीतिक परिप्रेक्ष्य
– पुष्पकमल दाहाल (प्रचण्ड) ले हालै नेकपा एमालेसँगको नजिकता सँग सहकार्य गरेका छन्। कमरेड केपि ओली र प्रचण्ड बिचको एक अर्कालाइ कर्णप्रिय बखानले फेरि कम्युनिस्ट-प्रधान समाजलाई बेहोसबाट होसमा फर्काऊने कोशिशमा दौडाएको देखिन्छ। बजारे हल्ला, यूटुवे गनगन, राष्ट्रीय घोषित समाचार माध्यम, प्रचण्ड मुस्कान, माधव नेपालको मौन, झलनाथको झ्याई-झ्याई, बामदेव गौतमको गमक्कपन र अन्य नागराजहरूको फणा-फुलाईबाट सहजै अनुमान लगाउन सकिन्छ कि निकट भविष्य पेरिसपुर र च्यासलपुर दुई पुर निमेस भरमै एकाकार हुनलाई केपिरूपि तिरको तांदोलाई खड्ग बाले कानसम्म खैचेर प्रचण्डरुपी पेरीसपुरलाई प्रहार गरि सुपरग्लुले ट्याप्पै जोडाउने छन। यसैबेला नागराज र नन्दीहरूले ताली बजाउदै शंखघोष गर्नेछन,एकता भयो।
– नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुबै विगतमा एकताबद्ध भएर बहुमत सरकार बनाएका ताजा स्मरण गरिरहेका छन (२०१८), तर तीन वर्षमै विभाजन भयो। अहिले फेरि एकताको बहस पुनर्जीवित भएको मात्र नभई अन्तिम तमसुक बाहिर आउन बांकि छ भन्ने ठम्म्याई छ।
– नयाँ चुनौती: राष्ट्रीय स्वतन्त्र पार्टी (RSP) जस्ता नयाँ दलहरूले अतिगरि खरानी घसेर पुरै नया जोगीको मोडेलिङ गर्दा पुराना कम्युनिस्ट दलहरूको मताधार कमजोर बनाइ शींघदरवारको झाडिमा नछिराउन भोटे ताल्चा पांंचबर्षका लागि झुन्ड्याईदिएका छन्।
भूराजनितिक आवश्यकता
– भारत–चीन सन्तुलन: नेपालमा कम्युनिस्ट दलहरूको एकता प्रायः चीनसँगको सम्बन्धलाई मजबुत बनाउने संकेत मानिन्छ, जबकि विभाजनले भारतसँगको सम्बन्धलाई तुलनात्मक रूपमा बलियो बनाउँछ।
– क्षेत्रीय स्थिरता: दक्षिण एशियामा बढ्दो प्रतिस्पर्धा (भारत–चीन) बीच नेपालले स्थिर सरकार आवश्यक ठानेको छ। UML–नेपाली कम्युनिस्ट पार्टी सहकार्यले बाह्य शक्तिहरूसँग सन्तुलन कायम गर्न सजिलो हुन्छ।
– आन्तरिक दबाब: भ्रष्टाचारविरुद्धको जनदबाब, युवा आन्दोलन, र नयाँ दलहरूको उदयले पुराना कम्युनिस्ट दलहरूलाई अस्तित्व संकटमा धकेलेको छ। एकता नभएमा उनीहरूको प्रभाव झन् घट्ने सम्भावना छ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी एकताले
राजनीतिक स्थिरता, भबिस्यमा बहुमत सरकार गठन, नीति निरन्तरता, सकारात्मक परिणाम हुनेछ भने नेताहरूबीचको अहंकार र अतीतका विवादले फेरि विभाजनको बाटो समाउन सक्ने देखिन्छ। भूराजनितिक सन्तुलन, चीनसँग सम्बन्ध बलियो, भारतसँग सन्तुलन स्वभाबिक भनिए पनि भारतसँग असन्तुष्टि बढ्ने सम्भावना प्रवल देखिन्छ। अर्को पक्ष, जनमत बड्ने, पुराना मताधार पुनः एकताबद्ध हुने र नयाँ दलहरूलाई जनताले पहिलाकै रूपमा रोज्ने स्थिति आउने छांटकांट देखिन्छ| आर्थिक नीति, दीर्घकालीन विकास योजनामा निरन्तरता, भ्रष्टाचार र पुराना नेताहरूको प्रभुत्वलाई हटाउन सक्ने जनविश्वास लिन सकिन्छ ।
चुनौतीहरू
– नेतृत्व संघर्ष: KP ओली र प्रचण्डबीचको व्यक्तिगत प्रतिस्पर्धा अझै बलियो जान सक्ने आंकलन गरिन्छ।
– युवा पुस्ताको असन्तुष्टि: नयाँ पुस्ता पुराना नेताहरूको प्रभुत्वलाई अस्वीकार गर्दैछ।
– वैदेशिक दबाब: भारत र चीन दुवै पक्षले नेपालमा आफ्नो प्रभाव कायम राख्न चाहन्छन्।
निष्कर्ष:
नेपालको वर्तमान भूराजनितिक आवश्यकता र आन्तरिक राजनीतिक संकटले एमाले–नेपाली कम्युनिस्ट पार्टी एकतालाई व्यवहारिक विकल्प बनाएको छ। तर यो एकता केवल अस्तित्व बचाउने रणनीति मात्र नभई दीर्घकालीन सुधार र पारदर्शितासँग जोडिन सके मात्र स्थिरता ल्याउन सक्छ भन्ने हेक्का राख्नै पर्दछ।














Comments are closed