Shopping cart

  • Home
  • समाज
  • नेपाल कम्युनिस्ट पार्टी दोस्रो राष्ट्रिय महाधिवेशन र निर्वाचित केन्द्रीय कमिटी
अन्तर्राष्ट्रिय

नेपाल कम्युनिस्ट पार्टी दोस्रो राष्ट्रिय महाधिवेशन र निर्वाचित केन्द्रीय कमिटी

Email :83

काठमाडौं । २०१४ जेठ १५ गतेदेखि २५ गतेसम्म काठमाडौंको दरबारमार्गस्थित फोहरादरबारमा नेकपाको दोस्रो महाधिवेशन खुला रुपमा सम्पन्न भएको थियो । महाधिवेशनमा डा. केशरजंग रायमाझीद्वारा प्रस्तुत ‘पार्टीको कार्यक्रममा परिवर्तन किन ?’ नामक दस्तावेज अस्वीकृत भएको थियो भने कमरेड पुष्पलालले पेश गर्नुभएको संविधानसभा र गणतन्त्रको कार्यक्रमिक नारासहितको दस्तावेज पारित भएको थियो । तर, नेतृत्वमा चाहिँ केशरजंग रायमझी आउनुभएको थियो ।

२०१७ पुस १ गतेको राजा महेन्द्रको सैनिक ‘कु’ लाई डा. केशरजंग रायमाझीले ‘प्रगतिशील कदम’ भनेर स्वागत गरेपछि नेतृत्वमा रहेको विचलन छताछुल्ल भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा उक्त कदमलाई ‘सैनिक आतंक’को संज्ञा दिँदै विरोधका साथ संघर्षमा जोड दिइएका कारण कम्युनिस्ट पार्टीको क्रान्तिकारी चरित्र जोगिएको थियो । कम्युनिस्ट पार्टीलाई राजाका पाउमा चढाउने घोर दक्षिणपन्थी र राजावादी चरित्रलाई उदांगो पार्दै कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, जनमुखी र परिवर्तनकारी आन्दोलनका रुपमा विकास गर्न त्यसपछि कठिन संघर्ष गर्नुपरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी २०१४ जेठ, १५–२५, फोहरा दरवार (प्रभा सिनेमा हल), काठमाडौं

क्र.स. नाम पद ठेगाना
क. केशरजंग रायमाझी महासचिव पाल्पा
क. पुष्पलाल श्रेष्ठ पोलिट्ब्युरो सदस्य काठमाडौं
क. तुलसीलाल अमात्य पोलिट्ब्युरो सदस्य ललितपुर
क. डी.पी. अधिकारी पोलिट्ब्युरो सदस्य मोरङ
क. कमर शाह पोलिट्ब्युरो सदस्य सप्तरी
क. शम्भुराम श्रेष्ठ केन्द्रीय कमिटी सदस्य काठमाडौं
क. हिक्मतसिंह भण्डारी केन्द्रीय कमिटी सदस्य गोरखा
क. कृष्णराज वर्मा केन्द्रीय कमिटी सदस्य सप्तरी
क. मोहनविक्रम सिंह केन्द्रीय कमिटी सदस्य प्यूठान
१० क. अरविन्दप्रसाद रिमाल केन्द्रीय कमिटी सदस्य काठमाडौं
११ क. पी.एन. राणा केन्द्रीय कमिटी सदस्य काठमाडौं
१२ क. पी.वी. मल्ल केन्द्रीय कमिटी सदस्य सल्यान
१३ क. कमलराज रेग्मी केन्द्रीय कमिटी सदस्य पाल्पा
१४ क. केदारप्रसाद उपाध्याय केन्द्रीय कमिटी सदस्य मोरङ
१५ क. कृष्णलाल श्रेष्ठ केन्द्रीय कमिटी सदस्य तनहुँ
१६ क. कृष्णप्रसाद अधिकारी शर्मा केन्द्रीय कमिटी सदस्य सिराहा
१७ क. मधु सिंह केन्द्रीय कमिटी सदस्य बारा

Comments are closed

Related Post