Email :59
काठमाडौ । सांसद एलिजा गुरुङले गोरखा क्षेत्रका बासिन्दाले भोग्दै आएको सीमा पास र आवतजावतको जटिल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएकि छिन्।
उनले वर्षमा केही दिन मात्रै नाका खुल्दा स्थानीयले दैनिक उपभोग्य सामग्री एकैपटक भण्डारण गर्नुपर्ने बाध्यता रहेको भन्दै सीमा पास नवीकरण प्रक्रिया सहज बनाउन माग गरेकि छन् ।
सीमा पासको सुविधा सीमित क्षेत्रका बासिन्दालाई मात्रै दिइँदा समग्र गोरखावासी प्रभावित भएको भन्दै वडा वा गाउँपालिकामार्फत नवीकरणको व्यवस्था गर्न माग गरिएको छ।
साथै, वर्षमा केही दिन मात्र खुल्ने नाकालाई नियमित सञ्चालनमा ल्याउन तथा जीर्ण सडक र पुलको तत्काल मर्मत गरी सुरक्षित आवतजावतको व्यवस्था मिलाउन स्थानीय सरकार र सम्बन्धित पूर्वाधार निकायसँग आग्रह गरिएको छ।














Comments are closed