Email :61
गोरखा । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको गोरखास्थित फिल्ड कार्यालयको अनुगमन गर्नुभएको छ।
गण्डकी गाउँपालिका-१, भिम्चुलिनारस्थित कार्यालय पुग्नुभएका मन्त्री गुरुङले आयोजनाको प्रगति, कार्यालयका गतिविधि तथा स्थानीयस्तरमा देखिएका विषयबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनुभएको हो।
अनुगमनका क्रममा मन्त्री गुरुङले आयोजनासँग सम्बन्धित कामकारबाही र स्थानीय अवस्थाबारे स्थलगत जानकारी लिनुभएको जनाइएको छ।














Comments are closed