Shopping cart

  • Home
  • समाज
  • को को जाँदै छन् त प्रधानमन्त्री ओलीसँग चीन भ्रमण
अन्तर्राष्ट्रिय

को को जाँदै छन् त प्रधानमन्त्री ओलीसँग चीन भ्रमण

Email :178

काठमाण्डौ ।भोलि प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीले सांघाई सहयोग संगठन ९एससओ० को २५ औं शिखर सम्मेलनमा सहभागी हुन २७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीसँग उहाँकी धर्मपत्नी राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त,पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे,काँग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार युवराज खतिवडा हुनेछन् ।

 

यस्तै एमाले सचिव छविलाल बिक, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्यासिंह शाह,निजी सचिव राजेश बज्राचार्य,परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, चिफ अफ प्रोटोकोल कुमारराज खरेल पनि प्रधानमन्त्रीको टोलीमा छन् ।

 

प्राप्त विवरणअनुसार अन्य सदस्यमा प्रधानमन्त्रीको निजी सचिवालयका दीपेन्द्रप्रसाद दाहाल,मनहरि दंगाल, छमानसिंह बुढाथोकी मगर र निजी सहयोगी राधा शाक्य पनि हुनेछन् । सुरक्षा समूहबाट प्रमुख सुरक्षा अधिकृत कर्नेल सुमन थापामगर,निजी अंगरक्षक लेफ्टिनेन्ट कर्नेल दिवाकर खड्का, एसपी नवीन कार्की प्रधानमन्त्रीसँगै जाँदैछन् ।

सञ्चारकर्मीहरुमा उदय पोखरेल, प्रकाश सिलवाल,अनुपकुमार घिमिरे र दिनेश भण्डारी टोलीमा परेका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली,परामर्शदाता प्रदीप आचार्य र शाखा अधिकृत प्रदीप भट्टराईलाई भिभिआईपी टोलीमा सामेल गराइएको छ । बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओली उतै सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

Comments are closed

Related Post