काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कम्युनिष्ट एकतालाई बलियो बनाउनुको बिकल्प नभएको बताएका छन्।
समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
महासचिव विप्लव सीले हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उल्लेख गर्दै निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुको बिकल्प नभएको बताए।
उनले नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने स्थिति पैदा भएको बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको समेत बताउदै भने (‘हामी हरेक समयमा एकताको कुरा गर्छौँ तर हामीभित्र उकुसमुकुस छ ।
हामीलाई चाहिएको एकता नै हो । हामीलाई चाहिएको मोर्चा नै हो । सहकार्य र सहयात्रा नै हो । त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो । नेपाली समाजको नयाँ व्याख्या जरुरी छ । प्रचण्डहरूले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो । निःशर्त हो । आज पनि भत्काउँछौँ । दलालहरूलाई कुन कुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ ।
गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरू हेर्न झारहरू पल्टाएर हेर्नुपर्ने भयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएका छन् । कुन फूल र कुन झारपात नेपाली जनता अलमलमा परेका छन् । बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरू छन् । गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरू छन् । गणतन्त्र त आयो तर झारपातले ढाक्यो ।’
महासचिव विप्लव सीले देशले नयाँ योगदानको माग गरेको बताउदै भने- ‘त्यसका लागि समाजवादी धुव्रीकरण आवश्यक छ, एकताको निम्ति नयाँ प्रस्ताव र नयाँ घोषणापत्र तयार गर्नुपर्छ । दलाल पुँजीवाद र विचौलीयाहरुलाई खाण्डोमा हाल्न नयाँ वहस आवश्यक छ । कम्युनिष्टहरुको हिजोका प्रस्ताव र नीतिले पुग्दैन, नयाँ प्रस्तावको खोजि गर्नुपर्छ ।
हामी कुन बाटोमा जाने हो रु हाम्रो राजनीति, समाजिक, सांस्कृति,आर्थिक पक्ष के हुने हो रु धर्म भनेको अज्ञानतामाथिको हतियार हो । हामी भौतिकवादी बन्न सक्ने कि नाई रु प्रचण्डले भौतिकवादी प्रवचन गर्न सक्ने कि नाई रु ‘कम्युनिकरण र सर्वहाराकरण खै प्रचण्डले लेखेको कुरा आज कार्यन्वयन भयो रु यो कम्युनिष्ट र माओवादीहरुले लागु गर्ने आँट गर्नु पर्यो नि ।’
महासचिव विप्लव सीले नेपालमा श्रम,शक्ति र वर्गप्रति विश्वास गर्नु पर्ने भन्दै साम्राज्यवादीहरुको गुलाम बन्ने र बनाउने काम अहिलेको दलाल व्यवस्थाले गरेको ठोकुवा गरे ।
उनले देशको वर्तमान संकटको निकास समाजवाद भन्दा अर्को विकल्प नभएको उल्लेख गर्दै समाजवादी व्यवस्थाका लागि धुव्रीकरणको आवश्यकता अनिवार्य भएको बताए । उनले भने-‘यो देशको मालिक श्रमजीवी जनता हुनुपर्छ’। त्यसका लागि एकदिन समाजवादीहरु एकताबद्ध हुन्छन र जितिन्छ ।’














Comments are closed