Shopping cart

  • Home
  • राजनिती
  • कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु
देश

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु

Email :25

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका २१ वर्षीय युवक रवीन्द्रकुमार मेहताको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।
देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर लाई उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलवार मृत्यु भएको हो ।

साउन ९ गते कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको स्थिति आएको थियो । स्थिति नियन्त्रण लिने क्रममा साउन १० गते सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । गोली लागेर केही स्थानीय घाइते भएका थिए ।

यसअघि अर्का घाइते स्थानीय २२ वर्षीय जयप्रकाश मेहता बिहीबार विराटनगरमा उपचारका क्रममा मृत्यु भएका थियो । अर्का घाइते रवीन्द्रको मङ्गलवार मृत्यु भएको हो । योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

 

Comments are closed

Related Post