Shopping cart

  • Home
  • Uncategorized
  • अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोबीच मोर्चाबन्दी
Uncategorized

अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोबीच मोर्चाबन्दी

Email :63

काठमाडौं। जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा निर्वाचनमा जाने सहमति भएको छ।

‘आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौं। एकल चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौं,’ तीन पार्टीका अध्यक्षले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

आइतबार तीन पार्टीबीच रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न जाँतोमा निर्वाचन लड्ने सहमति भएको हो।

 

Comments are closed

Related Post