Shopping cart

अर्थ

नेपाल ओमानसँग एक विकेटले पराजित

Email :132525

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ। नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो।

 

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो। ओमनका लागि कस्यप प्रजापतिले ३६ तथा जितेन्दर सिंहले ४१ रन जोडे।

 

त्यस्तै अकिब इलियसले २९, प्रतीक अथभले २६, आयन खान ९, खालिद काली १७, सोयब खान २६, फयाज बट ८, सकिल अहमद १७, जय ओडेरा ५ तथा कलिमुल्लाहले ६ रन जोडे।

 

नेपालका गुल्सन झा एक्लैले पाँच विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। करण केसीले २ विकेट झारे। सन्दीप लामिछाने र आरिफ शेखले समान एक विकेट लिए। त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रनको योगफल तयार पारेको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ६० र गुल्सन झाले ५३ रनको अर्धशतकीय पारी खेलेका थिए।

 

 

Ads Image

 

त्यस्तै अर्जुन साउदले ५ रन जोड्दा आशिफ शेख र भीम सार्की ११/११ रनमा आउट भए। त्यस्तै आरिफ शेख ३५, अनिल साह ३, सन्दीप लामिछानेले नटआउट ११, करण केसी १, सोमपाल कामीले २० रन जोडे।

ओमानका लागि अकिब इलियास, फायन बट र करिमुल्लाहले समान २ विकेट लिए। सकिल अहमद सोयब खानले १/१ विकेट लिए।

 

Comments are closed

Related Post