Shopping cart

  • Home
  • खेलकुद
  • दोश्रो जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता- २०८१को उद्घाटन भब्यताका साथ सम्पन्न
खेलकुद

दोश्रो जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता- २०८१को उद्घाटन भब्यताका साथ सम्पन्न

Email :142116

प्रतियोगितामाका बिजेताले २ लाख २२ हजार २ सय २२ नगद कप, मेडल र प्रमाणपत्र पाउनेछ्न

 

असोज १५ काठमाडौं।काठमाडौं जिल्लाको पर्यटकिय नगरी शंखरापुरको जहरसिंपौवामा आजदेखी ठुलो राशीको फुटबल प्रतियोगिता शुरु भएको छ।जहरसिंपौवा युवा क्लबको आयोजनामा गत बर्ष झै यस बर्ष पनि दोश्रो जहरसिंपौवा खुल्ला नकआउट फुटबल प्रतियोगिता -२०८१ शुरु भएको हो।खेलाडी उत्पादन र शंखरापुर नगरपालिकाको आन्तरिक पर्यटन प्रवर्द्धनका  लागि यो प्रतियोगिता आयोजना गरिएको जहरसिंपौवा युवा  कल्बका अध्यक्ष बासु तामाङले बताए।शंखरापुर नगरपालिकाको जहरसिंपौवा खेलमैदानमा आज उक्त प्रतियोगिताको शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ एवम काठमाडौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भाईकृष्ण बलामी लगायतले संयुक्त रुपमा सो प्रतियोगिताको उदघाटन गरेका हुन।

 

सो कार्यक्रममा शंखरापुर  नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम अन्य व्यक्तिहरुको उल्लेख्य संख्यामा उपस्थिती थियो।खेलको उद्घाटन गत असोज १२ गते गर्ने तय भएकोमा मौसमको प्रतिकुलताका कारण ३ दिन ढिला गरि सो  प्रतियोगिता शुरु भएको हो।सो प्रतियोगिताका बिजेताले झण्डै सवा दुई लाख पाउनेछन भने उपबिजेताले १ र सान्त्वना स्वरुप ५० हजार र विभिन्न बिधाका उत्कृष्ट खेलाडिलाई नगद र मेडल र प्रमाणपत्र दिईने आयोजकले बताएका छ।कुल २४ टिम सहभागी उक्त प्रतियोगिता असोज २३ गतेसम्म चल्ने छ।

Comments are closed

Related Post