Shopping cart

  • Home
  • समाज
  • कविता – सपनामा बा आउनु भएको थियो
देश

कविता – सपनामा बा आउनु भएको थियो

Email :44

सीता ओझा

धेरैपछि,हिजो मिरमिरेतिर
सपनामा बा आउनु भएको थियो,
उही पुरानो कमिज र सुरुवाल लगाएको
स्नेहले भरिएको मायालु हाँसोले हाँसिरहेको

बा ! छेउमा आउनु भयो चुपचाप हेरिरहनु भयो

एकछिनपछि, शिरमा हात राख्नुभयो,
वर्षौंदेखि बाको अभावमा थामिएको,
मेरो मनको बाँध एक्कासी भत्कियो र छताछुल्ल भयो

बाले सुमसुम्याउँदै
“दुःख नमान् छोरी” भन्न खोजे जस्तो,
आँखाको सङ्केत देखिन्थ्यो
बाको भाव देखेर
मैले सपनामा पनि आँसु रोक्न सकिनँ,
मेरो आँशु देखेर बा बोल्न सक्नु भएन,बिस्तारै हराउनुभयो।

म एक्कासी बिउँझिएँ
ब्युँझदा सिरानी भिजेको थियो
मेरो कोठा सुनसान र अन्धकार थियो
सपनाको बाको हातले
विपनीमा पनि मेरो शिरमा न्यानो महसुस भयो

सपनामा बा आउनु भएको थियो,
अरुलाई भन्न त सपना थियो एकैछिनको त्यो बासँगको भेटले,
मलाई अझै गतिशील बन्न प्रेरण दियो

बा भनेर सम्झने दिन सकिएकै थिएन
म उत्तरगया पुग्न पाएकै थिइन
मैले बाको मुख हेर्ने सामान किन्न पाएकै थिइन
बाले मलाई भेटेर आशीर्वाद दिएर फर्कनु पो भयो

 

Comments are closed

Related Post