Shopping cart

  • Home
  • समाज
  • ग्यासका लागि पटक-पटक मन्त्री फेर्ने होइन, आपूर्ति सहज बनाउनुपर्छः आशिका तामाङ
देश

ग्यासका लागि पटक-पटक मन्त्री फेर्ने होइन, आपूर्ति सहज बनाउनुपर्छः आशिका तामाङ

Email :51

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । बजारमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बिक्री गर्न नमानेको गुनासो उपभोक्ताबाट आउने गरेको उल्लेख गर्दै उहाँले यसले सरकारभन्दा माफिया ठूलो रहेको देखाउने अवस्था आएको बताउनुभयो ।

बजारमा ग्यास उपलब्ध नभए सरकारले नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो । ग्यास अभाव समाधानका लागि पटकपटक मन्त्री परिवर्तन गर्नु उचित नहुने तर्क गर्दै उहाँले सरकार आपूर्ति व्यवस्थापनमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि ग्यास छैन भने छैन, हामीसँग ग्यास छैन भनेर सरकारले भनिदेओस् । यदि ग्यास दिन सक्दैन भने सरकारले दाउरा खोजेर भात पकाएर खाऊ भनेर जनतालाई भनिदेओस् । महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन । यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा पनि मन्त्रीहरूको लाइन लामो हुन्छ ।”

सांसद तामाङले ग्यासको आपूर्ति सहज बनाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

Comments are closed

Related Post