Shopping cart

  • Home
  • समाज
  • आज श्रावण शुक्ल पञ्चमी : नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
देश

आज श्रावण शुक्ल पञ्चमी : नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

Email :88

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको छ ।

आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ । नागको मानचित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास छ ।साथै, यसरी नागको पूजा गर्दा अग्नि, मेघ र चट्याङको डरबाट पनि बच्न सकिने जनविश्वास रहिआएको छ ।

धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक रूपमा पनि नागको महत्त्व रहेको छ । प्रकृतिमा रहेका विषालु पदार्थहरूलाई नाग वा सर्पले शोषण गरी मानिस तथा पशुपक्षीलाई त्यसको प्रभावबाट जोगाउने हुनाले ऋषि मुनिहरूले नाग पूजाको परम्परा चलाएको मानिन्छ ।

नाग पञ्चमीको अवसरमा काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका विभिन्न नागदह, कुण्ड र नाग स्थानहरूमा भक्तजनको ठुलो घुइँचो लाग्ने गर्दछ ।

नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

Comments are closed

Related Post