Shopping cart

देश

यस्तो छ आजको मौसम

Email :87

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान, कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपासमा छ ।  पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक रहेको विभागले जानकारी दिएको छ ।

Comments are closed

Related Post