Email :82
नुवाकोट । नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा नुवाकोटमा सन्ध्याकालीन आरती कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीको उपस्थितिमा मंगलबार साँझ विदुर नगरपालिका-५, देविघाटस्थित जालपादेवी मन्दिरमा सन्ध्याकालीन आरती गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोट तथा मातहतका कार्यालयमा कार्यरत करिब ५० जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।
वार्षिकोत्सवको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको कामना गर्दै आरती गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।














Comments are closed