Email :23
काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो ।
टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।














Comments are closed