Shopping cart

  • Home
  • समाज
  • दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा कर्फ्यु
देश

दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा कर्फ्यु

Email :83

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

कर्फ्यु लागू गरिएका क्षेत्रहरू

हरिनगरा बजार क्षेत्र

पूर्व : नुनिया टोल

पश्चिम : पश्चिम खुनिया धार

उत्तर : हरिनगर गाउँपालिका कार्यालय

दक्षिण : बसन्तपुर मोड

कसनागञ्ज बजार क्षेत्र

पूर्व : यादव टोल

पश्चिम : पाँचौँ सिमल माध्यमिक विद्यालय

उत्तर : कृष्ण माध्यमिक विद्यालय

दक्षिण : नेपाल–भारत सीमा क्षेत्र

घुस्की बजार क्षेत्र

पूर्व : कासमिया मदरसा

पश्चिम : प्रहरी चौकी घुस्की

उत्तर : ईशा हार्डवेयर

दक्षिण : हिलाल पब्लिक विद्यालय

देवानगञ्ज बजार क्षेत्र

पूर्व : विराटनगर जाने बाटोस्थित मुसहर टोल

पश्चिम : मोरिया खोला

उत्तर : चिउरा मिल

दक्षिण : गाउँपालिका कार्यालय

भुटाहा बजार क्षेत्र

पूर्व : मोरिया धार खोला

पश्चिम : इदगाह फिल्ड

उत्तर : सुनसरी खोला

दक्षिण : हरिनगर गाउँपालिका कार्यालय

Comments are closed

Related Post