Shopping cart

  • Home
  • राजनिती
  • थिति बसाउने कदमहरू विधिसम्मत र संविधानको परिधिभित्र राख्न रास्वपालाई वर्षमानको सुझाव
देश

थिति बसाउने कदमहरू विधिसम्मत र संविधानको परिधिभित्र राख्न रास्वपालाई वर्षमानको सुझाव

Email :110

चितवन । नेकपाका नेता वर्षमान पुनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई  सुझाव दिएका छन् । रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर जान नहुनेमा सचेत गराएका हुन् ।

सम्बोधनका क्रममा नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठुलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै आफ्नो गृह जिल्लामा आएका सबैलाई अध्यक्षका तर्फबाट स्वागत र महाधिवेशनको शुभकामना व्यक्त गरे ।

नेता पुनले रास्वपा र नेकपाबिच पृष्ठभूमि र काम गर्ने शैली फरक भए तापनि सुशासन र समाज रूपान्तरणको एजेन्डामा धेरै समानता रहेको उल्लेख गरे । ‘हामी सुशासनको पक्षमा छौँ र विगतमा हामीले सहकार्य पनि गरेका छौँ,’ उनले भने, ‘अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबिच धेरै विषयमा सहकार्य भएको छ, थिति बसाउने यहाँहरूको एजेन्डामा हाम्रो साथ रहनेछ ।’

यद्यपि, नेता पुनले रास्वपालाई एउटा विशेष आग्रह र सुझाव दिँदै भने, ‘थिति बसाउन चालिएका कदमहरू विधिसम्मत हुनुपर्छ र संविधानभन्दा बाहिर नहोस् भन्नेमा यहाँहरूको पर्याप्त ध्यान पुगोस् । उनले यो महाधिवेशनबाट गणतन्त्रका विषयमा रास्वपाले आफ्नो स्पष्ट धारणा ल्याउनुपर्नेमा जोड दिए ।

“तपाइहरु र हामा्र कयौं विषयमा समानता छन् । हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं । पृष्ठभूमि र तरिका फरक भएपनि क्रान्ति, परिवर्तन र समाज रुपान्तरणको एजेण्डामा हामी तपाईहरुलाई नजिक पाउँदछौं”, उनले भने, “हामीहरुबिच अर्को समानता पनि छ । त्यो हो सुशासनको एजेण्डा । हामीेले विगतमा सरकार र सरकार बाहिर हुँदा पनि सुशासनको एजेण्डामा सहमति गरेका थियौं । सुशासनको एजेण्डामा नेकपा र रास्वपाको निकट सहकार्य सायद, अरुहरुकाबिच भएको छैन ।”

उनले नेपाली समाजको रुपान्तरणको कथा त्यति सरल नभएको भन्नुहुँदै नेपाली जनताका आन्दोलन, सङ्घर्ष, समावेशी र बलिदानको जगमा राजनीतिक परिवर्तन सम्भव भएको बताउए ।

“विशाल जनमतसहित सत्तारुढ दलको यो महाधिवेशनलाई सिङ्गो देशले हेरिरहेको छ । यसकारण पनि तपाईहरुको महाधिवेशनमा धेरै आँखा छ । महाधिवेनबाट कसको नेतृत्व ? कसको विचार रणनति, कार्यदिशा तय गर्नुहुन्छ भन्ने विषयले समग्र राष्ट्रिय जीवनलाई प्रभाव पार्दछ ”उनले भने ।

राजनीतिमा बहुमत प्राप्त गर्दा विनम्रता देखाउनुपर्ने आफ्नो दलको विगतको अनुभव रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको सहभागिताले नेपाली राजनीतिमा सकारात्मक उत्साह भरेको बताए । सिङ्गो देशले रास्वपाको यो महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय हुन्छ भनेर नजिकबाट नियालिरहेको भन्दै उनले सफल महाधिवेशनको शुभकामना व्यक्त गरे ।

Comments are closed

Related Post