Shopping cart

  • Home
  • समाज
  • रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
देश

रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

Email :109

चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा विशेष समारोहका बिच सुरु भएको उक्त महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन सत्रको उद्घाटन गरेका छन्।

महाधिवेशनमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई,  नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पुगेका छन्।

महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नीति र नेतृत्व चयन गर्नेछ।

Comments are closed

Related Post