Email :77
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगेका छन् ।
आइतबारबाट सुरू हुन लागेको रास्वपाको पहिलो महाधिवेशन उद्घाटनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन पुगेका हुन् । उनी छोरीसहित बुध्द एयरको विमानमा चितवन पुगेका हुन् । प्रधानमन्त्री बनेपछि पहिलो कार्यक्रममा सहभागी हुन बालेन काठमाडौं बाहिर गएका हुन् । रास्वपा महाधिवेशन प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ ।














Comments are closed