Shopping cart

  • Home
  • Uncategorized
  • शुक्रबार प्रधानमन्त्री बन्दैछन् बालेन्द्र शाह, शपथको साइत १२:३४ बजे
Uncategorized

शुक्रबार प्रधानमन्त्री बन्दैछन् बालेन्द्र शाह, शपथको साइत १२:३४ बजे

Email :83

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

बालेन सचिवालयका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ । त्यसक्रममा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।

७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ । त्यसपछि उनी शुक्रवार दिउँसो २ः १५ बजे सिंहदरबार जाने तयारी रहेको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो ।

Comments are closed

Related Post