Shopping cart

  • Home
  • समाज
  • राष्ट्रपति पाैड्यालद्वारा नवकन्याहरुको पूजा
देश

राष्ट्रपति पाैड्यालद्वारा नवकन्याहरुको पूजा

Email :130

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरुको पूजाा गर्नुभएको छ ।

 

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गर्नुभएको थियो ।

 

राष्ट्रपतिको सचिवालयका अनुसार बालमन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गर्नुभएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ ।

 

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

Comments are closed

Related Post