Shopping cart

  • Home
  • समाज
  • नेपाल- भारतबीचको सीमा विवाद कूटनीतिक सवांदका माध्यमबाट समाधान गर्छौँ : प्रवक्ता गुरुङ
अन्तर्राष्ट्रिय

नेपाल- भारतबीचको सीमा विवाद कूटनीतिक सवांदका माध्यमबाट समाधान गर्छौँ : प्रवक्ता गुरुङ

Email :209

काठमाडौँ । सरकारले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक सवांदका माध्यमबाटै समाधान गर्ने स्पष्ट पारेको छ।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत अन्य सीमा विवादलाई कुटनीतिक सवांदका माध्यमबाटै समाधान गर्ने सरकारको नीति रहेको बताएका हुन्।

लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत–चीनको पछिल्लो सहमतिप्रति प्रधानमन्त्रीले चिनियाँ समकक्षीसमक्ष आफ्नो धारणा स्पष्ट राखेको गुरुङले जानकारी दिए।

जवाफमा चिनियाँ राष्ट्रपतिले यो विषय नेपाल र भारतको समस्या भएकाले चीनले कुनै हस्तक्षेप नगर्ने प्रष्ट पारेको उनले बताए। उनले दुई देशबीचको समझदारीका कारण नेपालको भूमि मिच्न नपाइने जिकिर गरे।

 

Comments are closed

Related Post