Shopping cart

  • Home
  • समाज
  • सुनको मुल्यमा नयाँ किर्तिमान
अन्तर्राष्ट्रिय

सुनको मुल्यमा नयाँ किर्तिमान

Email :235

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १७ सयले बढेर तोलाको २ लाख ५ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मुल्य तोलाको २ लाख ३ हजार ६ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर २४७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २४२५ मा कारोबार भएको थियो ।

Comments are closed

Related Post