Shopping cart

  • Home
  • राजनिती
  • इजरायली सेनाद्वारा यमनी हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु
अन्तर्राष्ट्रिय

इजरायली सेनाद्वारा यमनी हुथी सरकारका प्रधानमन्त्रीको मृत्यु

Email :184

एजेन्सी । यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरिएको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरानसमर्थित समूहले शनिबार (३० अगस्ट) पुष्टि गरेको छ ।

गत वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल-राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।

‘हामी प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दछौँ । शत्रुले उनीहरूलाई निशाना बनाएका कारण उहाँसहित उहाँको मन्त्रीमण्डलका कैयौँ सहकर्मीले शहादत प्राप्त गरेका छन्’, हुथीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“आक्रमणमा हुथी नेता नासेरसहित केही अधिकारीको मृत्यु भएको र अन्य केहीसामान्यदेखि गम्भीर घाइते भएका छन् र उनीहरूको गत बिहीबार दिउँसोदेखि उपचार भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ।

इजरायली सेनाले हुथीको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा बिहीबार आक्रमण गरेको थियो । प्यालेस्टाइनप्रति ऐक्यवद्धता जनाउँदै हुथी विद्रोहीले गाजा युद्ध सुरुभएदेखि नै इजरायलमाथि बारम्बार क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।

इजरायली सेनाले हुथी विद्रोही शासनको सैन्य लक्ष्यमा आक्रमण गरेको इजरायली सेनाले त्यतिबेला बताएको थियो ।

हुथी विद्रोहीले ‘रेड सी’ र एडेनको खाडीमा रहेको पानीजहाजलाई पनि निशाना बनाउने गरेका छन् जुन उनीहरूले गाजा युद्धको समयमा इजरायलसँग जोडिएको दाबी गरेका छन्।

विद्रोही समूहले सन् २०१४ देखि युद्धको चपेटामा परेको यमनको ठूलो भागलाई नियन्त्रण गरेको छ र यो मध्यपूर्वका अधिकांश भागमा रहेका लडाकू समूहहरूसँगै इरानको इजरायल विरोधी गठबन्धनको हिस्सा हो ।

Comments are closed

Related Post