काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीको साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय `घण्टीघर’बाट अभियान सुरु हुने सह–महामन्त्री हरि ढकालले जानकारी दिएका छन्।
अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा आवश्यक सम्बोधनका लागि सहजीकरण गर्न प्रत्येक दिन पार्टीका एक केन्द्रीय सदस्य र एक प्रतिनिधिसभा सदस्यसहित दुई जनाको नियमित उपस्थिति सुनिश्चित गरिनेछ। हरेक दिन कम्तीमा एक जना प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य रहने पार्टीले जनाएको छ।
रास्वपाले यस अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनताका आवाजलाई पार्टीको नीति तथा कार्ययोजनासँग जोड्ने उद्देश्य राखेको जनाएको छ।














Comments are closed