Email :46
काठमाडौँ । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडानको काम सकिएको छ । निर्माण सुरु गरेको ५ दिनमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सकेको हो ।
भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि देवीघाट क्षेत्रमा यातायात सहज बनाउन सेनाको टोलीले एक्रो ब्रिज जडानको काम सुरु गरेको थियो । सेनाको टोलीले पुल जडानका काम सकेको छ ।
नयाँ पुल जडान भएसँगै आजदेखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भदौ २७ गते (शनिबार)देखि सवारी साधनहरू समेत सञ्चालनमा आउनेछन् ।
यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।













Comments are closed