Shopping cart

  • Home
  • समाज
  • सीपीसीको निमन्त्रणामा चीन जाँदै रवि लामिछाने
देश

सीपीसीको निमन्त्रणामा चीन जाँदै रवि लामिछाने

Email :40

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी भदौ ७ गते चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा उनी आठ दिनका लागि चीन जान लागेका हुन्।

लामिछानेको भ्रमण भदौ ७ देखि १४ गतेसम्म हुने बताइएको छ। रास्वपा सभापति बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ। यसअघि उनी भारत भ्रमणमा गएका थिए।

भ्रमणका क्रममा लामिछानेले चीनका विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ। बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग उनको भेट हुने बताइएको छ।

त्यसैगरी सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग पनि लामिछानेले भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

यसअघि लामिछानेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटका लागि प्रयास गरे पनि उक्त भेट तय हुन नसकेको बताइएको छ।

चीन भ्रमणमा लामिछानेसँग पाँच सदस्यीय टोली सहभागी हुने बताइएको छ। भ्रमणका क्रममा राजनीतिक तथा द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Comments are closed

Related Post