Shopping cart

  • Home
  • देश
  • साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
अन्तर्राष्ट्रिय

साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

Email :154

काठमाडौं । नेपाललाई पराजित गर्दै भारतले एक खेलअगाबै तेस्रोपल्ट साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि  जीतेको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रवार सम्पन्न खेलमा भारतले दोस्रो लेगमा नेपाललाई ५-० ले पराजित गरेको हो । भारतले यसअघि सन् २०१८ र ०१९ मा लगातार दुईपल्ट उपाधि जितेको थियो ।

 

अपराजित रहेको भारतले ५ खेलबाट १५ अङ्क पुर्‍याएको छ। दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान खेलबाट १० अङ्क छ । अब अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन् । तर, उक्त खेल जिते पनि बङ्गलादेशले भारतलाई भेटाउने छैन ।

नेपालले भने अन्तिम खेलमा भुटानलाई चुनौती प्रस्तुत गर्नेछ। नेपालको ५ खेलबाट ३ र भुटानको समान खेलबाट १ अङ्क छ ।

Comments are closed

Related Post