Shopping cart

  • Home
  • राजनिती
  • वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति, आन्दोलन स्थगित
देश

वैदेशिक रोजगार व्यवसायी र सरकारबीच सहमति, आन्दोलन स्थगित

Email :21

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच संघले अघि सारेका १५ बुँदे माग सम्बोधन गर्ने सहमति भएको छ। सहमतिसँगै वैदेशिक रोजगारीमा कामदार पठाउने प्रक्रिया पुनः नियमित भएको छ।

सोमबार श्रममन्त्री रामजी यादवको नेतृत्वमा मन्त्रालय र संघका अध्यक्ष डिकबहादुर खत्री नेतृत्वको टोलीबीच करिब तीन घण्टा भएको छलफलमा व्यवसायीका माग प्रशासनिक तथा नीतिगत रूपमा समाधान गर्ने सहमति जुटेको हो।

सहमति अनुसार प्रशासनिक समस्या वैदेशिक रोजगार विभागमार्फत र नीतिगत विषय ऐन तथा नियमावली संशोधनका क्रममा सम्बोधन गरिनेछ। मन्त्रालयका अनुसार संघले सञ्चालन गर्दै आएका दबाबमूलक कार्यक्रमसमेत तत्काल अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

संघका महासचिव हिराबहादुर डाँगीले सहमतिपछि वैदेशिक रोजगारीका लागि कामदारको उडान नियमित भएको जानकारी दिएका छन्। मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन कानुनी संशोधन प्रक्रिया छिटो टुंग्याउने जनाएको छ।

Comments are closed

Related Post