Shopping cart

  • Home
  • समाज
  • वैदेशिक रोजगार व्यवसायीका माग २ महिनाभित्र सम्बोधन गर्ने श्रममन्त्रीको आश्वासन
देश

वैदेशिक रोजगार व्यवसायीका माग २ महिनाभित्र सम्बोधन गर्ने श्रममन्त्रीको आश्वासन

Email :67

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राम जी यादवले वैदेशिक रोजगार व्यवसायीका माग दुई महिनाभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्रालयमा वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री यादवले ऐन संशोधन, लागत खर्च, श्रम स्वीकृति प्रक्रियालगायत व्यवसायीले उठाउँदै आएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएका हुन्।

तर, मन्त्रीको आश्वासनप्रति व्यवसायीहरू पूर्ण विश्वस्त देखिएका छैनन्। मन्त्रालयका सचिव दीपक काफ्लेसँगको छलफलपछि थप निर्णय लिने व्यवसायीहरूले बताएका छन्।

व्यवसायीहरूले श्रम स्वीकृति, मागपत्र प्रमाणीकरण, लागत खर्च तथा व्यवसाय सञ्चालनमा देखिएका प्रशासनिक समस्या समाधान गर्न माग गर्दै आएका छन्। संघले सरकारसँग वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न आफूहरू तयार रहेको जनाएको छ।

Comments are closed

Related Post