Shopping cart

  • Home
  • समाज
  • विपद्मा जनताको साथमा डा. सीता ढुंगाना: नुवाकोटमा जेनेरेटरदेखि धादिङका बाढीपीडितलाई राहतसम्म
अर्थ

विपद्मा जनताको साथमा डा. सीता ढुंगाना: नुवाकोटमा जेनेरेटरदेखि धादिङका बाढीपीडितलाई राहतसम्म

Email :57

 धादिङ । बाढी(पहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला पूर्वजनप्रतिनिधि डा। सीता ढुंगानाले प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गर्दै सहयोग अभियानलाई निरन्तरता दिनुभएको छ। उहाँको पहलमा नुवाकोटको त्रिशूलीपारिको बाढी प्रभावित क्षेत्रमा जेनेरेटर सहयोग गरिएको छ भने धादिङको गजुरीका विस्थापित परिवारका लागि राहत सामग्रीसमेत संकलन गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।

बाढी तथा पहिरोका कारण विद्युत् सेवा अवरुद्ध भएपछि नुवाकोटको त्रिशूलीपारिका प्रभावित बस्तीमा मोबाइल फोन, टर्चलाइटलगायत अत्यावश्यक विद्युतीय उपकरण चार्ज गर्नसमेत समस्या भइरहेको थियो। यही अवस्थालाई ध्यानमा राख्दै डा। ढुंगानाको पहलमा २।४ केभीए क्षमताको जेनेरेटर, आवश्यक तार तथा मल्टिप्लग सहयोग गरिएको हो।

उक्त सामग्री विदुर नगरपालिका–३ का वडाध्यक्ष बद्री रिमाललाई हस्तान्तरण गरिएको छ।

बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि स्थानीयको दैनिक जीवनदेखि वडा कार्यालयका अत्यावश्यक कामसमेत प्रभावित भइरहेका बेला जेनेरेटर उपलब्ध भएपछि केही हदसम्म सहजता आउने अपेक्षा गरिएको छ।

वडाध्यक्ष रिमालका अनुसार जेनेरेटर वडामै राखेर सर्वसाधारणका मोबाइल फोन तथा टर्चलाइट चार्ज गर्ने, वडाका अत्यावश्यक काम सञ्चालन गर्ने तथा स्थानीयवासीको धान र मकै कुट्ने-पिस्ने काममा समेत प्रयोग गरिनेछ।

स्थानीयको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर आफूले जेनेरेटर पठाएको डा. ढुंगानाले बताउनुभएको छ। विपद्को समयमा देखिने समस्या हेरेर तत्काल काम लाग्ने सामग्री उपलब्ध गराउनुपर्ने उहाँको जोड छ।
विद्युत् र सञ्चार सम्पर्क अवरुद्ध भएको अवस्थामा मोबाइल चार्ज गर्ने सुविधा सामान्य विषयजस्तो देखिए पनि विपद्का बेला यसले ठूलो अर्थ राख्छ। उद्धार, राहत, आफन्तसँगको सम्पर्क तथा सूचनाका लागि मोबाइल नै महत्वपूर्ण माध्यम बन्ने भएकाले जेनेरेटर सहयोगले प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने देखिन्छ।

त्यसैगरी, वडा कार्यालयका अत्यावश्यक काम सञ्चालन गर्नुका साथै धान-मकै कुट्ने तथा पिस्ने काममा समेत प्रयोग गर्न सकिने भएकाले यो सहयोग तत्कालीन राहतभन्दा पनि स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएको उपयोगी सहयोग बनेको छ।

नुवाकोटमा जेनेरेटर सहयोगसँगै डा. ढुंगानाको पहलमा धादिङको गजुरी गाउँपालिकाका बाढी प्रभावित परिवारका लागि काठमाडौंका विभिन्न सहयोगी दाताबाट राहत सामग्री संकलन गरिएको छ।

शनिबार बिहान संकलित राहत सामग्री गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत जगदीश खरेललाई सामूहिक रूपमा हस्तान्तरण गरिएको हो।

सहयोगस्वरूप १०० थान ब्लाङ्केट, १०० थान महिलाको लुङ्गी, १४४ थान पुरुषको हाफपेन्ट, २०० थान महिलाको स्कार्फरसल तथा १२ बोरा चिउरा उपलब्ध गराइएको छ।

गाउँपालिकाले प्राप्त राहत सामग्री गजुरीको गलौदीलगायत बाढी प्रभावित क्षेत्रमा तत्काल वितरण गर्ने तयारी गरेको जनाएको छ।
गजुरी गाउँपालिका-स्थित गलौदीमा आएको भीषण बाढीका कारण करिब ३५ घरपरिवार विस्थापित भएका छन्। घर डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानको खोजीमा घर छाड्न बाध्य भएका छन्।

बाढीले घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुर्‍याएपछि प्रभावित परिवारको अवस्था थप कष्टकर बनेको छ। उनीहरूलाई तत्काल खाद्यान्न, कपडा, सुरक्षित आवास तथा अन्य अत्यावश्यक सामग्रीको आवश्यकता रहेको स्थानीयले बताएका छन्।

यस्तो अवस्थामा संकलित राहत सामग्री स्थानीय सरकारमार्फत प्रभावित परिवारसम्म पुर्‍याउने पहल गरिएको हो।

डा. सीता ढुंगाना गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ। जनप्रतिनिधिका रूपमा काम गर्दा नागरिकका समस्या नजिकबाट बुझ्नुभएकी उहाँले पदमा नरहेको अवस्थामा पनि विपद्मा परेका नागरिकको आवश्यकतालाई प्राथमिकतामा राख्दै सहयोग अभियान अघि बढाउनुभएको हो।

विपद्को समयमा राहतका नाममा सामग्री वितरण गर्नु मात्रै पर्याप्त हुँदैन। प्रभावित नागरिकलाई वास्तवमा के आवश्यक छ भन्ने पहिचान गरेर त्यहीअनुसार सहयोग पुर्‍याउनु अझ महत्वपूर्ण हुन्छ। नुवाकोटमा मोबाइल चार्जदेखि स्थानीयको धान–मकै कुट्ने-पिस्ने कामसम्म उपयोग हुने जेनेरेटर सहयोग र धादिङमा विस्थापित परिवारका लागि राहत सामग्री संकलन त्यसैको उदाहरण बनेको छ।

पदमा हुँदा जनताको सेवा गर्नु कर्तव्य हो, तर पदबाट बाहिरिएपछि पनि संकटमा परेका नागरिकको पीडामा साथ दिनु सामाजिक उत्तरदायित्व हो। डा. ढुंगानाको यो पहलले विपद्का बेला व्यक्तिगत पहल, सामाजिक सहयोग र स्थानीय आवश्यकताबीचको समन्वयबाट प्रभावित समुदायलाई तत्काल राहत दिन सकिने सकारात्मक सन्देश दिएको छ।

बाढीले घर भत्काउन सक्छ, विद्युत् र बाटो रोक्न सक्छस तर संकटमा एकअर्काको हात समात्ने मानवीय भावना रोक्न सक्दैन। डा. ढुंगानाको पहल त्यही मानवीय संवेदनाको एउटा उदाहरण बनेको छ।

Comments are closed

Related Post