Shopping cart

  • Home
  • समाज
  • विद्यार्थीले भने : चुलाे निभ्याे,पढाइ राेकियाे
अर्थ

विद्यार्थीले भने : चुलाे निभ्याे,पढाइ राेकियाे

Email :50

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्यासको समस्या देखिएको भन्दै सरकारविरुद्ध सांकेतिक प्रदर्शन गरेको छ।

आज त्रिचन्द्र क्याम्पसमा सरकारविरोधी प्रदर्शन गर्दै नेविसंघका विद्यार्थीहरूले ग्यासको समस्या भोग्नुपरेको भन्दै विरोध जनाएका हुन्।

प्रदर्शनमा विद्यार्थीहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘नो लाइन भनेको होइन सरकार, ग्यासमा लाइन किन देखियो ?’, ‘चुलो निभ्यो, पढाइ रोकियो’, ‘सरकार व्यवस्थापन कहाँ गयो ?’, ‘हातमा सिलिन्डर होइन, कलम चाहियो’ लगायतका नारा लेखेर सांकेतिक विरोध गरेका थिए।

विद्यार्थीहरूले ग्यास सिलिन्डरलाई बाँसमा झुन्ड्याएर दायाँ–बायाँ बोकेका थिए। साथै, ‘ग्यास सिलिन्डरको लाइनमा बस्ने कि किताब बोकेर पढ्ने ?’ भन्ने सन्देशसहितका प्लेकार्डसमेत प्रदर्शनमा राखिएको थियो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गजब छ बा, अनलाइन भनेको त नो लाइन पो रहेछ, अनलाइन भनेको त अन लाइन पो रहेछ’ भन्दै सरकारलाई प्रश्नसमेत गरेका थिए।

ग्यासको अभाव र वितरणमा देखिएको समस्याले सर्वसाधारणसँगै विद्यार्थीसमेत प्रभावित भएको भन्दै नेविसंघले तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

Comments are closed

Related Post