Shopping cart

  • Home
  • राजनिती
  • राष्ट्रिय सभाको बैठक आज, मन्त्रीहरूले प्रश्नको जवाफ दिने
देश

राष्ट्रिय सभाको बैठक आज, मन्त्रीहरूले प्रश्नको जवाफ दिने

Email :23

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बुधबार दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरका साथै एक विधेयकलाई समितिमा पठाउने प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सांसदहरूले लिखित रूपमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले संसद्समक्ष पेश गर्नेछन्।

त्यस्तै अर्थ मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा पनि सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकको अर्को महत्वपूर्ण कार्यसूचीका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त प्रस्ताव स्वीकृत भएमा विधेयकमाथि समितिमा विस्तृत रूपमा छलफल गरी आवश्यक संशोधनसहित अगाडि बढाइनेछ। आजको बैठकमा प्रश्नोत्तर र विधेयकसम्बन्धी कार्यसँगै अन्य नियमित संसदीय कामकारबाहीसमेत सञ्चालन हुने अपेक्षा गरिएको छ।

 

Comments are closed

Related Post