Shopping cart

  • Home
  • समाज
  • रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट पाटनको तःबहाल ल्याइयो
अन्तर्राष्ट्रिय

रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट पाटनको तःबहाल ल्याइयो

Email :100

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट आज पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन, ६ महिना बुङ्गमती राखिने चलनअनुसार आज तःबहाल ल्याइएको हो ।

गुठियारहरूले निकालेको विशेष साइत अनुसार बुङ्गमती गएर पूजापाठ र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितामा बाजागाजासहित खटमा बोकेर पाटन ल्याइएको हो ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथ चक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारु कामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

Comments are closed

Related Post