Shopping cart

  • Home
  • समाज
  • युवालाई राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रचण्डकाे आग्रह
देश

युवालाई राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रचण्डकाे आग्रह

Email :109

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल `प्रचण्ड´लेअन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सम्पूर्ण युवालाई शुभकामना व्यक्त गरिएको छ। उक्त अवसरमा युवाको संघर्ष, साहस र योगदानलाई स्मरण गर्दै राष्ट्र निर्माणमा उनीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताइएका छन् ।

नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूले महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्न युवाहरूको भूमिका महत्वपूर्ण हुने प्रचण्डकाे सचिवालयले बताइएको छ।

सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार निर्माणका लागि युवाहरूलाई सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा उनले जोड दिइएको छ।

संयाेजक दाहालले युवालाई गुणस्तरीय शिक्षा, सीप तथा क्षमता विकासका अवसरसँगै पर्याप्त रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। युवाको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न राज्य, राजनीतिक दल तथा सम्बन्धित सबै पक्षले सहकार्य गर्नुपर्नेमा उनकाे जोड रहेको छ।

Comments are closed

Related Post