Shopping cart

देश

यस्तो छ आजको माैसम

Email :49

काठमाडौं । नेपालमा मनसुनी गतिविधि अझै सक्रिय रहेकाले आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाकै आसपास रहेकाले मौसममा बदली र वर्षाको क्रम जारी रहनेछ।

हाल अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको मौसमदिउँसो देशभर सामान्यतया बदली रहने अनुमान छ। हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। तराईका विभिन्न भू–भागमा पनि केही तथा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

राति पनि वर्षाको सम्भावनारातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

पहाडी भू–भागका धेरै स्थान तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली, पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

Comments are closed

Related Post