Shopping cart

  • Home
  • समाज
  • बाढीपीडितको सहयोगमा सोनू सूद नेपालमा
अन्तर्राष्ट्रिय

बाढीपीडितको सहयोगमा सोनू सूद नेपालमा

Email :59

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि बलिउड अभिनेता  सोनू सूद नेपाल आएका छन्।

मंगलबार काठमाडौं आइपुगेका सूदले विपद्मा परेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित परिवार, विशेषगरी बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले “विपत्तिमा परेका नेपालीहरू एक्ला छैनन्” भन्ने सन्देश दिँदै खाना, आश्रय र पुनःस्थापनाका लागि साथ दिने बताएका छन्।

सूदको मानवीय पहललाई सामाजिक सञ्जालमा सकारात्मक रूपमा लिइएको छ।

Comments are closed

Related Post