Shopping cart

अन्तर्राष्ट्रिय

फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा

Email :68

काठमाडौँ । दुई पटकको विश्वकप फुटबल विजेता फ्रान्स लगातार तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । जारी विश्वकपको पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले सहजै पराजित गर्दै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

फ्रान्सले सन् २०१८ को विश्वकपको उपाधि जितेको थियो भने २०२२ को उपविजेता हो ।

क्वार्टरफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। २८ औँ मिनेटमा फ्रान्सका कप्तान केलियन एम्बाप्पेले पाएको पेनाल्टी मोरक्कोका गोलरक्षक यासिन बोनोले बचाएपछि खेल बराबरीमै रहेको थियो। तर दोस्रो हाफमा फ्रान्सले आफ्नो स्तर उकास्दै केही मिनेटको अन्तरमै दुई गोल गर्‍यो।

एम्बाप्पेले ६० ‍औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने त्यसको केहीबेरपछि ६६ औँ मिनेटमा उस्मान डेम्बेलेले गोल थप्दै जित सुनिश्चित गरे। खेलभर फ्रान्सले बलमा नियन्त्रण राख्दै मोरक्कोलाई प्रभावकारी रूपमा दबाबमा राख्यो।

मोरक्को भने आक्रमणमा प्रभावशाली देखिन सकेन। विशेषगरी प्रमुख आक्रमणकारीको अनुपस्थितिले टोलीको अग्रपंक्ति कमजोर देखियो र फ्रान्सको रक्षापंक्तिलाई खासै चुनौती दिन सकेन।

यस जितसँगै फ्रान्स लगातार तेस्रो विश्वकपमा अन्तिम चारमा पुगेको छ। अब उपाधि यात्रालाई निरन्तरता दिन फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Comments are closed

Related Post